मनाङको पाँचौं हार, पुलिस विजयी
मंगलबार, बैशाख १२, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले हार व्यहोरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार मनाङलाई नेपाल पुलिस क्लबले १-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे ।
खेलको सातौं मिनेटमा मुहमदले गोल गरेका थिए । जुन गोल पुलिसको जितमा निर्णायक रह्यो ।

पुलिसको यो दोस्रो जित हो । पुलिसले १२ खेलमा ९ अंक जोडेको छ ।
पुलिस पुछारमा रहेको छ ।
मनाङको यो लगातार पाँचौं हार हो । मनाङ १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
मनाङको पाँचौं हारपुलिस विजयी










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)