आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको साथ

सोमबार, बैशाख ११, २०८०खेलपाटी संवाददाता
पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको साथ
Classic Tech Internet Ad

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले सघाउने भएको छ ।

पोखरा न्युरोडमा रहेको सिटिजनले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोमबार सिटिजन फर्निचरका सञ्चालकद्धय दीपक कार्की तथा गुरुदत्त पौडेल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा मञ्चका सचिव शशीकुमार पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ ।

यसैगरी पोखरा १७ घारीपाटनमा रहेको आभ्या क्लबले १५ हजार रुपैयाँ, नेपाल हवाई खेलकुद संस्था (ना)ले ७ हजार रुपैयाँ र पोखरा ट्रेड मलमा रहेको क्लासिक चुलोले १० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने सोमबारनै तय भएको अवार्ड कार्यक्रम मुल आयोजक समितिका सह–संयोजक समेत रहेका पौडेलले खुलाए ।

यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी,  अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिकाले सघाउने भएका छन् ।

यसैगरी नेपाल भूतपूर्व खेलाडी मञ्च, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, सहारा हङकङ, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले समेत सहयोग गर्ने तय भैसकेको छ ।

यसका अलावा उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन,  उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ । 

Bajaj Pulsar Motorcycle Ad
पोखरा स्पोर्ट्स अवार्डमा सिटिजन फर्निचरको साथ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई