मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

अधिकारी मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्ष

सोमबार, बैशाख ११, २०८०खेलपाटी संवाददाता
अधिकारी मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्ष
Classic Tech Internet Ad

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

पोखरामा सोमबार आयोजित भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्सीय  कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् ।

त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा  गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् ।

भेलाले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका् अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ ।

भेलालालाई सम्वोधन गर्दै एकेडेमीका अध्यक्ष धु्रव आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउने काममा एकेडेमी अघि बढेको बताए । जननेता मदन भण्डारीको विचारले नै खेलकुदलाई अग्रगति दिने बताउँदै उनले भने–“एकेडेमी मदन भण्डारीको विचारमा उभिएको छ । यो उहाँको विचार र अभियान संग जोडिएको मात्रै छैन हजारौं खेलाडी र खेलप्रेमीहरुको भावना संग समेत यसको सामिप्यता छ ।”

खेलाडीहरुको सम्वन्धमा एकेडेमी गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले खेलाडीको खेल जिवन पश्चात जिवन निर्वाहका लागि रोजगार संग जोड्न एकेडेमीले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताउँदै उनले खेलकुद मनोरन्जनका लागि मात्रै नभई रोजगार, समृद्धि र पर्यटनसमेत जोडिएको बताए ।

लुम्विनीमा सम्पन्न दोश्रो राष्ट्रिय भेलामा ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुदलाई अग्रगति दिन संगठनको विस्तारलाई समेत तिव्रता दिएको बताए । उनले हालै एकेडेमीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने गरी घोषणा गरेको बताउँदै आगामी असारमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने गरी तयारी सुरु गरिने बताए । पोखरामा यहि बैशाख २३ गते बाट सुरु हुने केपी ओली कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भव्य बनाउन उनले पोखरेलीहरुलाई साथ दिन आग्रह समेत गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की क्षेत्र नं ३ का संघिय सांसद दामोदर बैरागी पौडेलले एकेडेमी खेलकुद विकासका लागि महत्वपूर्ण संस्था रहेको जनाउँदै एकेडेमीका कृयाकलापमा आफ्नो साथ रहने बताए ।

एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीलगायतले आफ्ना भनाई राखेका थिए ।

 

 

 

Bajaj Pulsar Motorcycle Ad
अधिकारी मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्ष

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने