सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपेश र सुजनालाई उपाधि

शनिबार, ०९ बैशाख २०८०खेलपाटी संवाददाता
रुपेश र सुजनालाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं ।  फिडेमास्टर रुपेश जैसवाल र महिला फिडेमास्टर सुजना लोहनीले नेसनल चेस च्याम्पियनसिप २०२३ को उपाधि जितेका छन् ।

जैसवाल र लोहनी एक खेल अगावै शनिबार च्याम्पियन बनेका हुन् ।

शनिबार सातौं र आठौं चरणमा अनुकुल नतिजा निकालेसँगै रुपेश र सुजनाले च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नु परेन । उनीहरुले यही महिना वंगलादेशमा हुने वर्ल्ड च्याम्पियन सर्कल, एसियन जोनल ३.२, उज्वेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गरेका छन् ।

निकै उत्कृष्ट लयमा रहेका रुपेश सातौं चरणमा अर्का फिडेमास्टर क्षितिज भण्डारीसँग बराबरीमा रोकिए । यी दुईले ३४औं चालमा बराबरी भएको निर्णय गरेका थिए । आठौं चरणमा भने राजीव कार्कीलाई रोमान्चक खेलमा हराए । बराबरीतर्फ उन्मुख खेलको ५७औं चालमा राजीवले गरेको सानो गल्तीको फाइदा उठाउँदै ६७औं चालमा रुपेशले खेल जिते ।

सातौं चरणमा च्याम्पियन रुपेशसँग बराबरी खेलेका क्षितिज आठौं चरणको खेलमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरी ६ अंकसहित दोस्रो स्थानमा छन् । पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र १४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल साढे ५ अंकसहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् ।

महिलातर्फको खेलमा शनिबार शीर्ष स्थानमा रहेकी सुजनाले एक खेल जितेर अर्को खेल बराबरी खेले पनि उपाधि जित्न सफल रहिन् । उनले सातौं चरणमा शान्ती धिमाललाई हराइन् भने आठौं चरणमा सुशीला गुरुङसँग बराबरी खेलिन् ।

राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाँकी रहेको अवस्थामा  सुजनाले साढे ७ अंक जोड्दै च्याम्पियन बनेकी हुन् ।

दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मणी टूर्स एण्ड ट्राभल्सको सहप्रायोजनमा भएको प्रतियोतामा सुशीला गुरुङ र शान्ती धिमालले  ५ अंक जोडेका छन् । सुशीला आठौं चरणको खेलमा  विनिता कपालीसँग हारिन् भने शान्तिले पूनम प्रसाईंलाई निराश बनाइन् ।

पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशीको साढे ४ अंक छ भने विनिता कपालीको ३ अंक छ ।

काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिता अन्तर्गत नवौं तथा फाइनल चरणको खेल आइतबार हुनेछ । आइतबार नै प्रतियोगिताको समापन हुनेछ ।

Loading ad...
LiNing Ad
रुपेश र सुजनालाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी