सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जावलाखेलले चर्च ब्वाइजलाई हरायो  

शनिबार, ०९ बैशाख २०८०खेलपाटी संवाददाता
जावलाखेलले चर्च ब्वाइजलाई हरायो  
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेलले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।

जावलाखेलको जितमा एनकोटो मोसाबीले निर्णायक गोल गरे ।

खेलको ६५ औं मिनेटमा मोसाबीले एकल प्रयासमा गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन् ।

फोडे फोफानाको पासमा मैदानको मध्ये भागबाट एक्लै अघि बढाएर पेनाल्टी बक्स बाहिरबाट मोसाबीले प्रहार गरेको लेफ्ट फुटेट सट चर्च ब्वाइजका गोलकिपर प्रिसोले रोकेपनि टाङमुनिबाट छिर्दै पोस्टको जाली चुमेको थियो । मोसाबीको यो लिगमा नवौं गोल हो ।   

निकै रोमान्चक खेलमा दुबै टोलीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । तर, मोसाबीको गोल बाहेक थप गोल निस्किएन ।

खेलको दोस्रो मिनेटमा चर्च ब्वाइजका मौषम सुब्बाले पेनाल्टी क्षेत्र नजिकैबाट बाहिर प्रहार गरे ।

पाँचौं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टी क्षेत्र भित्रबाट बाहिर प्रहार गरे ।

१९ औं मिनेटमा जावलाखेलका एनकोटो मोसाबीको सिक्स यार्ड बक्स भित्रबाटको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो ।

खेलको २४ औं मिनेटमा चर्च ब्वाइजका सुबाश गुरुङको क्रसमा आशिष चौधरीको सिक्स यार्ड बक्स नजिकैबाटको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

३० औं मिनेटमा जावलाखेलका फोडे फोफानाको क्रसमा हिसुब थपलियाले सिक्स यार्ड नजिकैबाट बाहिर प्रहार गरे ।

खेलको ४३ औं मिनेटमा जावलाखेलका फोफानाको पेनाल्टी क्षेत्र भित्रबाटको  प्रहार पोस्टको फ्रेममा पर्न सकेन ।

खेलको ५१ औं मिनेटमा जावलाखेलका हिसुबको प्रहार गोललाइन नजिकै रहेका चर्च ब्वाइजका विवेक पौडेलले जोगाए । त्यसपछि आएको रिबाउन्ड जावलाखेलकै फोफानालाई लाग्दै बाहिरिएको थियो ।

खेलको ५४ औं मिनेटमा चर्च ब्वाइजका सुशील शाहको फ्रिकिक पोस्ट बारको थोरै माथिबाट बाहिरिएको थियो ।

७० औं मिनेटमा चर्च ब्वाइजका रंजित सिंह पान्द्रेले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले मुश्किलले जोगाए ।

जावलाखेलको यो सातौं जित हो । जावलाखेलले ११ खेलमा २३ अंक जोडेको छ ।

चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

चर्च ब्वाइजको यो पहिलो हार हो ।

 

Loading ad...
LiNing Ad
जावलाखेलले चर्च ब्वाइजलाई हरायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ