• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
रुपेश र सुजनालाई एकल अग्रता
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ७, २०८० खेलपाटी संवाददाता
रुपेश र सुजनालाई एकल अग्रता

काठमाडौं । खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी नेसनल चेस च्याम्पियनसिप २०२३ को तेस्रो दिन एकल अग्रता बनाउन सफल भएका छन् ।

होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा भएको थियो । रुपेश र सुजना चौथो चरणसम्म अपराजित छन् ।

बिहीबारको पहिलो खेलमा रुपेशले साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरे । चौथो चरणमा उच्च लयमा रहेका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई हराए ।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रुपेशले पेड्रोफ डिफेन्स प्रणालीमा मोडे । सुरुवाती दुई चरणमा पराजित भएर दवावमा रहेको पुरुषोत्तमले ३३औं चालसम्म पुग्दा एक सिपाही गुमाउन पुगे । त्यसपछि खेलमा रुपेशको पकड रह्यो । उनले ५३औं चालमा खेल जिते ।

चौथो चरणमा रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई ६३औं चालमा पराजित गरे । अघिल्ला तीन चरणमा जित हासिल गरेका पुरुषोत्तमले रुपेशलाई ४३औं चालसम्म बराबरीको अवस्थामा राखेका थिए । ४४चौं चालमा गरेको गल्तीको फाइदा उठाउँदै रुपेशले जित हासिल गरे ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, फिडेमास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रुपमा दोस्रो रेटिङमा छन् । बिहीबार फिडेमास्टर क्षितिज भण्डारीका लागि सुखद रह्यो ।

अघिल्लो दिन पराजित रहेका उनले तेस्रो चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ र चौथो चरणमा राजीव कार्कीलाई पराजित गरेका थिए ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजभेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा राजन सुवेदी र राजन पुरी २.५ अंकका साथ संयुक्त रुपमा तेस्रो पोजिसनमा  छन् ।

महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनीले तेस्रो दिनसम्म एकल अग्रता बनाएकी छन् । अपराजित यात्रालाई कायम राख्ने क्रममा सुजनाले विहीबार तेस्रो चरणमा लक्ष्मी कँडेल र चौथो चरणमा युवा खेलाडी रिया श्रेष्ठमाथि जित रचिन् । सुजनाले लक्ष्मीमाथि ७१औं चाल र रियामाथि ५७औं चालमा जित हासिल गरेकी हुन् ।

सुशीला गुरुङ र रिया श्रेष्ठ ३ अंकका साथ सुजनालाई पछ्याइरहेका छन् । शान्ती धिमाल, लक्ष्मी श्रेष्ठ र पूजा भण्डारीको समान २ अंक छ ।

खुला र महिलातर्फ समान १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा सन्चालन भइरहेको छ । शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु हुनेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP