सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपेश र सुजनालाई एकल अग्रता

बिहिबार, ०७ बैशाख २०८०खेलपाटी संवाददाता
रुपेश र सुजनालाई एकल अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी नेसनल चेस च्याम्पियनसिप २०२३ को तेस्रो दिन एकल अग्रता बनाउन सफल भएका छन् ।

होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा भएको थियो । रुपेश र सुजना चौथो चरणसम्म अपराजित छन् ।

बिहीबारको पहिलो खेलमा रुपेशले साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरे । चौथो चरणमा उच्च लयमा रहेका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई हराए ।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रुपेशले पेड्रोफ डिफेन्स प्रणालीमा मोडे । सुरुवाती दुई चरणमा पराजित भएर दवावमा रहेको पुरुषोत्तमले ३३औं चालसम्म पुग्दा एक सिपाही गुमाउन पुगे । त्यसपछि खेलमा रुपेशको पकड रह्यो । उनले ५३औं चालमा खेल जिते ।

चौथो चरणमा रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई ६३औं चालमा पराजित गरे । अघिल्ला तीन चरणमा जित हासिल गरेका पुरुषोत्तमले रुपेशलाई ४३औं चालसम्म बराबरीको अवस्थामा राखेका थिए । ४४चौं चालमा गरेको गल्तीको फाइदा उठाउँदै रुपेशले जित हासिल गरे ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, फिडेमास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रुपमा दोस्रो रेटिङमा छन् । बिहीबार फिडेमास्टर क्षितिज भण्डारीका लागि सुखद रह्यो ।

अघिल्लो दिन पराजित रहेका उनले तेस्रो चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ र चौथो चरणमा राजीव कार्कीलाई पराजित गरेका थिए ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजभेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा राजन सुवेदी र राजन पुरी २.५ अंकका साथ संयुक्त रुपमा तेस्रो पोजिसनमा  छन् ।

महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनीले तेस्रो दिनसम्म एकल अग्रता बनाएकी छन् । अपराजित यात्रालाई कायम राख्ने क्रममा सुजनाले विहीबार तेस्रो चरणमा लक्ष्मी कँडेल र चौथो चरणमा युवा खेलाडी रिया श्रेष्ठमाथि जित रचिन् । सुजनाले लक्ष्मीमाथि ७१औं चाल र रियामाथि ५७औं चालमा जित हासिल गरेकी हुन् ।

सुशीला गुरुङ र रिया श्रेष्ठ ३ अंकका साथ सुजनालाई पछ्याइरहेका छन् । शान्ती धिमाल, लक्ष्मी श्रेष्ठ र पूजा भण्डारीको समान २ अंक छ ।

खुला र महिलातर्फ समान १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा सन्चालन भइरहेको छ । शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु हुनेछन् ।

Loading ad...
LiNing Ad
रुपेश र सुजनालाई एकल अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी