नेपालसहित ७ टोलीले काभा नेसन्स लिग खेल्ने
बिहिबार, बैशाख ७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।
नेपाल भलिबल संघले बुधबार किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने जनाएको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।
यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
सहभागी टोली -











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
