आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. सुबाश शीर्ष स्थानमा

सुबाश शीर्ष स्थानमा

२०२३ अप्रिल १९, बुधबारखेलपाटी संवाददाता

सुबाश शीर्ष स्थानमा

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता   सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुबाश तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा उक्लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले आज ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०-अन्डर‌ २ सय ६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पारे।

सञ्जयले इभन-पार ७२ मा खेल सकाए। समग्रमा ८-अन्डर २ सय ८ को स्कोरमा‌ उनी दोस्रो स्थानमा झरे। पहिलो दिनका एकल लिडर सञ्जयले दोस्रो दिन भने एमरच्योर सदभावसँग शीर्षस्थान बाँडेका थिए। अन्तिम १८ होलको खेल बाँकी रहँदा यो पटक पनि एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरलाई कडा चुनौती दिएका छन्।

४-अन्डर ६८ को उत्कृष्ट नतिजा सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा रबि खड्का तेस्रो स्थानमा उक्लिए। लयमा फर्किएका भुवन नगरकोटीले तेश्रो दिन पनि ४-अन्डर ६८ मा खेल सकाए। लगातार दुई दिन ४-अन्डर खेलेका‌‌ उनी समग्रमा ५-अन्डर २ सय ११ को स्कोरमा‌ चौथो स्थानमा उक्लिए।

दोस्रो दिन सानदार प्रदर्शन सहित सञ्जयसँग शीर्ष स्थान बाँडेका एमरच्योर सदभाव आचार्यले आज ४-ओभर ७६ को खराब प्रदर्शन गरे। समग्रमा ४-अन्डर २१२ सहित उनी पाँचौ स्थानमा तल झरे।

समग्रमा २-अन्डर‌ २ सय १४ स्कोर गर्दै छैटौं स्थानमा रहने क्रममा नीरज तामाङले आज १-ओभर ७३ मा खेल सकाए। १-ओभर ७३ खेल्दै समग्रमा १-ओभर २ सय १७ को स्कोरमा कमल तामाङ सातौं स्थानमा छन्। समग्रमा २-ओभर २ सय १८ सहित जयराम श्रेष्ठ र रमेश अधिकारीले संयुक्तरुपमा आठौं स्थान बाँडे। जयरामले ३-अन्डर ६९ र रमेशले इभन-पार ७२ मा खेल सकाए। एमेच्योर टासी छिरिङ र प्रो भुबहादुर गुरूङ समग्रमा ३-ओभर २ सय १९ को स्कोरमा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्। टासीले ४-अन्डर ६८ र भुबहादुरले २-ओभर ७४ को कार्ड बनाए।

लगातार तेस्रो दिन पनि अन्डर पारको स्कोर निकाल्ने क्रममा सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। दिनको सुरुवात बर्डीबाट गरे पनि दोस्रो र चौथौं होलमा एक-एक सट खेर फाले। यसपछि छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन २-अन्डर ३४ मा सकाउने क्रममा सुबाशले १०औं, १२औं र १८औं होलमा एक-एक सट बचाए र १६ औं होलमा बोगी खेपे।

सञ्जयले खराब सुरुवात गरे। दोस्रो, चौथो र छैटौ होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाउन बाध्य भए। तर ब्याक नाइनमा सम्हालिदै ३-अन्डर ३३ को स्कोर निकाले। ११औं, १२औ,१५औ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १८औं होलमा एक सट खेर फाले।

रबिले फ्रन्ट नाइनमा  उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ को  स्कोर गरे। पहिलो, दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा एक सट खेर फाले। र उनले तीन पारको आठौं होलमा होल इन वानको सफलता प्राप्त गरे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। १३औं र १४औं होलमा बोगीको सामना गर्दा १५औं होलमा एक सट बचाए।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

सुबाश शीर्ष स्थानमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’