• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
रुपेश, सुरवीर र पुरुषोत्तमको संयुक्त अग्रता
खेलपाटी संवाददाता
बुधबार, वैशाख ६, २०८० खेलपाटी संवाददाता
रुपेश, सुरवीर र पुरुषोत्तमको संयुक्त अग्रता

काठमाडौं । २२ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं चालसम्म खेल बराबरी अवस्थामा ल्याउन सकेका उनले ४१औं चालदेखि आफ्नो पकड बनाए । ५४औं चालमा केशवलाई खेल त्याग्न बाध्य तुल्याए ।

सुरवीरले फिडेमास्टर क्षितिज भण्डारीलाई प्रतिस्पर्धात्मक रोमान्चक खेलमा पराजित गरी जितयात्रा कायम राखे । सेतो गोटी  लिएर  खेलेका सुरवीरले सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले । आक्रामक प्रत्याक्रमण भएको खेल ३३औं चालसम्म बराबरी अवस्थामा थियो । ३४औं चालमा क्षितिजको कमजोरीको फाइदा उठाएर अघि बढेका सुरवीरले ५७औं चालमा खेल आफ्नो पक्षमा पारे ।

उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे ।  सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले आक्रमक देखिएका राजनलाई केहि समयमै दवावमा राख्न सके । १४औं चालपछि नै राजन खेलमा पछि परिसकेका थिए । ३९औैं चालमा पुरुषोत्तमको जित निश्चित भयो ।

दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साविक विजेता पुरुषोत्तम चौलागाईं भने लगातार दोस्रो खेलमा असफल रहे । पहिलो चरणमा राजन सुवेदीसँग हारेका उनी दोस्रा चरणमा बुधबार झापाका प्रकाश नेपालसँग पराजित भए । पहिलो चरणमा सुरवीर लामासँग पराजित भएका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ पनि अंकविहीन छन् ।

राजन सुवेदी, राजन पुरी, प्रकाश नेपाल र क्षितिज भण्डारीले १ अंक जोडेका छन् ।

महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनी, रिया श्रेष्ठ, सुशीला गुरुङ र शान्ती धिमाल लगातार दोस्रो चरणमा जित निकाल्दै २ अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा छन् ।

सुजनाले पूजा भण्डारीलाई हराइन भने सुशीलााले साविक विजेता विजेता सिन्दिरा जोशीलाई पन्छाइन् ।

सुजना र पूजाको खेल रोमान्चक रह्यो  । क्वीन्स ग्याम्विट प्रणालीमा खेल सुरु गरेकी सुजनाले लगातार आक्रमण गरिन् । रक्षात्मक बन्न बाध्य पूजाले ३१औं चरणसम्म आउँदा सुजनालाई कडा टक्कर दिएकी थिइन् । तर, एउटा ठूलो कमजोरीले उनी खेलमा पछि परिन् भने सुजनालाई नतिजा सुम्पन बाध्य रहिन् ।

रियाले पूजा सिंखडालाई पराजित गर्दा शान्ति धिमालले मार्सल तामाङमाथि जित निकालिन् । महिलातर्फ चितवनकी लक्ष्मी कँडेल र पूजा भण्डारीको १–१ अंक छ ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा काठमाडौको लाजिम्पाटस्थित होटल ले हिमालयमा जारी प्रतियोगितामा विहीवार तेस्रो र चौथो चरणका खेलहरु हुनेछन् । प्रतियोगितामा महिला र खुलातर्फको विजेताले यसै महिना बंगलादेशमा आयोजना हुने फिडे जोनल ३.२ बुद्धिचाल प्रतियोगिता तथा आगामी जुन ५–१५ सम्म काजाकस्तानमा आयोजना हुने एसियन कन्टिनेन्टल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरुले सन् २०२४ मा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा पनि सहभागिता सुरक्षित गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP