सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपेश, सुरवीर र पुरुषोत्तमको संयुक्त अग्रता

बुधबार, ०६ बैशाख २०८०खेलपाटी संवाददाता
रुपेश, सुरवीर र पुरुषोत्तमको संयुक्त अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । २२ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं चालसम्म खेल बराबरी अवस्थामा ल्याउन सकेका उनले ४१औं चालदेखि आफ्नो पकड बनाए । ५४औं चालमा केशवलाई खेल त्याग्न बाध्य तुल्याए ।

सुरवीरले फिडेमास्टर क्षितिज भण्डारीलाई प्रतिस्पर्धात्मक रोमान्चक खेलमा पराजित गरी जितयात्रा कायम राखे । सेतो गोटी  लिएर  खेलेका सुरवीरले सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले । आक्रामक प्रत्याक्रमण भएको खेल ३३औं चालसम्म बराबरी अवस्थामा थियो । ३४औं चालमा क्षितिजको कमजोरीको फाइदा उठाएर अघि बढेका सुरवीरले ५७औं चालमा खेल आफ्नो पक्षमा पारे ।

उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे ।  सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले आक्रमक देखिएका राजनलाई केहि समयमै दवावमा राख्न सके । १४औं चालपछि नै राजन खेलमा पछि परिसकेका थिए । ३९औैं चालमा पुरुषोत्तमको जित निश्चित भयो ।

दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साविक विजेता पुरुषोत्तम चौलागाईं भने लगातार दोस्रो खेलमा असफल रहे । पहिलो चरणमा राजन सुवेदीसँग हारेका उनी दोस्रा चरणमा बुधबार झापाका प्रकाश नेपालसँग पराजित भए । पहिलो चरणमा सुरवीर लामासँग पराजित भएका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ पनि अंकविहीन छन् ।

राजन सुवेदी, राजन पुरी, प्रकाश नेपाल र क्षितिज भण्डारीले १ अंक जोडेका छन् ।

महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनी, रिया श्रेष्ठ, सुशीला गुरुङ र शान्ती धिमाल लगातार दोस्रो चरणमा जित निकाल्दै २ अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा छन् ।

सुजनाले पूजा भण्डारीलाई हराइन भने सुशीलााले साविक विजेता विजेता सिन्दिरा जोशीलाई पन्छाइन् ।

सुजना र पूजाको खेल रोमान्चक रह्यो  । क्वीन्स ग्याम्विट प्रणालीमा खेल सुरु गरेकी सुजनाले लगातार आक्रमण गरिन् । रक्षात्मक बन्न बाध्य पूजाले ३१औं चरणसम्म आउँदा सुजनालाई कडा टक्कर दिएकी थिइन् । तर, एउटा ठूलो कमजोरीले उनी खेलमा पछि परिन् भने सुजनालाई नतिजा सुम्पन बाध्य रहिन् ।

रियाले पूजा सिंखडालाई पराजित गर्दा शान्ति धिमालले मार्सल तामाङमाथि जित निकालिन् । महिलातर्फ चितवनकी लक्ष्मी कँडेल र पूजा भण्डारीको १–१ अंक छ ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा काठमाडौको लाजिम्पाटस्थित होटल ले हिमालयमा जारी प्रतियोगितामा विहीवार तेस्रो र चौथो चरणका खेलहरु हुनेछन् । प्रतियोगितामा महिला र खुलातर्फको विजेताले यसै महिना बंगलादेशमा आयोजना हुने फिडे जोनल ३.२ बुद्धिचाल प्रतियोगिता तथा आगामी जुन ५–१५ सम्म काजाकस्तानमा आयोजना हुने एसियन कन्टिनेन्टल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरुले सन् २०२४ मा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा पनि सहभागिता सुरक्षित गर्नेछन् ।

Loading ad...
LiNing Ad
रुपेशसुरवीर र पुरुषोत्तमको संयुक्त अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी