बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सञ्जय र सद्भाव शीर्ष स्थानमा

मंगलबार, बैशाख ५, २०८०खेलपाटी संवाददाता
सञ्जय र सद्भाव शीर्ष स्थानमा
Classic Tech Internet Ad

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर खेलाडी सद्भाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्य सद्भावले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए। सञ्जयले २-अन्डर ७० को नतिजा निकाले। दुवैले ३६ होलको समाप्तीमा समग्रमा ८-अन्डर १३६ स्कोर बनाउँदै डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे।  नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाशले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाउँदा उनी समग्रमा ७-अन्डर १ सय ३७ सहित तेस्रो स्थानमा उक्लिएका छन्।

४-अन्डर ६८ को कार्ड तयार पारेका निरज तामाङ समग्रमा ३-अन्डर १ सय ४१ को स्कोरमा‌ चौथो स्थानमा उक्लिए। रबि खड्काले १-ओभर ७३ को स्कोर जोड्दा समग्रमा २-अन्डर १ सय ४२ सहित पाँचौं स्थानमा तल झरे। दोस्रो दिन लयमा फर्किएका दाबेदार भुवन नगरकोटीले ४-अन्डर ६८ को प्रदर्शनका साथ समग्रमा १-अन्डर‌ १ सय ४३ सहित छैटौं स्थानमा उक्लिए।

समग्रमा इभन-पार १ सय ४४ सहित सातौं स्थानमा रहने क्रममा कमल तामाङले‌ दोस्रो दिन १-अन्डर ७१ मा खेल सकाए। पोखराका प्रो भुबहादुर गुरूङले ३-ओभर ७५ स्कोर गर्दा समग्रमा १-ओभर १ सय ४५ सहित आठौं स्थानमा रहेका छन्। समग्रमा २-ओभर १ सय ४६ को नतिजामा रमेश अधिकारी र तोरण विक्रम शाहीले संयुक्तरुपमा नवौं‌ स्थान बाँडे। रमेशले १-अन्डर ७१ र तोरणले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।

३६ होलको समाप्तीमा १४-ओभर १ सय ५८ स्कोर गर्ने २१ प्रो र आठ एमरच्योर खेलाडीले कट बनाएका छन्। प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सुर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंक बहादुर कार्की, रामे मगर, धन बहादुर थापा र दीपक मगरले कट बनाए।

एमरच्योरतर्फ सहभागी नौ मध्ये आठ खेलाडीले कट बनाएका छन्। विजय श्रेष्ठ आइनहाउस, सुरेश तामाङ, वाङ्गचेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापा मगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरे।

सदभावले सुरूवात सानदार गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा सकाए। उनले पहिलो होलमा बर्डी प्रहार गर्दै दिनको सुरूवात गरे। यसपछि तेस्रो देखि सातौं होलसम्म लगातार ५ बर्डीको सफलता प्राप्त गरे। नवौं होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा उम्दा प्रदर्शन गरेका सदभावले ब्याक नाइनमा भने १-ओभर ३७ खेले। उनले १२औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १५औं होलमा एक-एक सट खेर फाले।

पहिलो दिनका लिडर सञ्जय लामाले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। दोस्रो, चौंथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। ब्याक नाइनमा सञ्जयले ११औं र १२औं‌ होलमा लगातार दुईवटा इगलको सफलता प्राप्त गरे। तर त्यसपछि उनले लय गुमाउँदै १४औं‌ र १६औं‌  होलमा डबल बोगी खेपे। सञ्जयले १८औं होलमा बर्डी प्रहार गर्दै शीर्ष स्थान बाँडे।

दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौ होलमा बर्डी प्रहार गर्दा तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पूरा गरे।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌। 

Bajaj Pulsar Motorcycle Ad
सञ्जय र सद्भाव शीर्ष स्थानमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bajaj Pulsar Motorcycle Ad
काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार