मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

मकवानपुर गोल्डकपको पुरस्कारको चेक रित्तो !

मंगलबार, बैशाख ५, २०८०खेलपाटी संवाददाता
मकवानपुर गोल्डकपको पुरस्कारको चेक रित्तो !
Classic Tech Internet Ad

काठमाडौं । पाँचौं स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पुरस्कार रकम नपाएको गुनासो गरेका छन् । प्रतियोगिता आयोजनाको करिब दुई महिना बितेपनि विजेता र उपविजेता टिमले पुरस्कार वापतको रकम पाउन नसकेको गुनासो गरेका हुन् ।

जिल्ला फुटबल संघ मकवानपुरले माघ २९ गतेदेखि फागुन ११ गतेसम्म प्रतियोगिताको आयोजना गरेको थियो । हेटौडाको पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मनाङले १५ लाख रुपैयाँ पुरस्कार राशीको उपाधि जितेको थियो । उपविजेता शेर्पाले १० लाख रुपैयाँ पाउने बताईएको थियो ।

विजेता टिमलाई आयोजकले चेक दिएर प्रतियोगिताको समापन गरेको थियो । तर बैंकमा जादाँ आयोजकले दिएको चेक नसाटिएको क्लबले गुनासो गरेका छन् । ‘बैंकमा जादा चेकमा पैसा छैन भन्छ । क्लबका पदाधिकारीलाई फोन गरे, सधै भोलि, भोलि मात्र भन्छन् ।’ मनाङ क्लबका एक पदाधिकारीले भने, ‘तीन तीन पटक सम्म पनि बैंकबाट चेक साटिएको छैन ।’ 

आयोजकले सुरुआतमा दुई, तीन दिनको भन्दै दुई हप्ता पछिको चेक क्लबलाई थमाएका थिए । त्यसपछि हप्ता दिनको भाका राख्दै आयोजकले मिति सार्दै आएको क्लबहरुको गुनासो छ । आयोजकले दिएको चेक तीन पटकसम्म वाउन्स गर्नुपरेको प्रतियोगिता विजेता क्लबका एक पदाधिकारीले बताएका छन् ।

मकवानपुर गोल्डकपको आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको प्रतिकृया लिन खोज्दा उनको फोन उठेन । स्रोत सुनिश्चितता बिनै आयोजनाको सुरुआत गरिएको प्रतियोगिताको पुरस्कार दिने विषयमा समस्या देखिएको छ ।

अन्तिम समयमा प्रदेश सरकारले प्रतियोगितालाई सहयोग गर्ने बताएको थियो । प्रतियोगितालाई ब्यवस्थित गर्न नसक्दा पछिल्लो समय मोफसलका गोल्डकप फुटबल प्रतियोगिता बदनाम हुन थालेका छन् । 
 

Bajaj Pulsar Motorcycle Ad
#चेक वाउन्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने