सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेलको प्रतियोगिता गर्दै

सोमबार, ०४ बैशाख २०८०खेलपाटी संवाददाता
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेलको प्रतियोगिता गर्दै
Loading ad...
mustang rice ad

काठमाडौं ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा विभिन्न १४ खेलको प्रतियोगिता हुने भएको छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।

विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यु–१५÷यु–१९ ब्वाइज÷ गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सातै प्रदेशमा बैशाख २७ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ । ६ टिमको सहभागिता रहने पूर्व क्रिकेटर शक्ति गौचनले जानकारी गराए । त्यसमा भारतबाट पनि १ टिमले सहभागिता जनाउने बताइएको छ । विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद पुरस्कार जित्ने छन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

बैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ । पहिलो हुने टिमले १ लाख ५० हजार तथा दोश्रोले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । झापाको विर्तामोडमा बैशाख २० गतेदेखि राष्ट्रव्यापी कराते प्रतियोगिता हुने तालिका छ । विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार नगद पुरस्कार तोकिएको छ । भक्तपुरमा बैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ । यो खेलमा पनि नगद पुरस्कार राखिएको छ । बामती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बैशाख २५ देखि काठमाडौंमा हुँदैछ । प्रथम हुने टिमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन् ।

खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता सप्तरीमा असार २२ गते हुनेछ । पहिलो हुने टिमले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । सुर्खेतमा रेस्लिङ जेठ ३१ गते हुनेछ । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैयाँ रहेको छ । बैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार हात पार्ने छन् । बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र ७ हजार नगद पुरस्कार पाउने छन् । बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुनेछ ।

सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ । पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिने छ । कार्यक्रम सम्पन्न करिब ७ करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

Loading ad...
LiNing Ad
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेलको प्रतियोगिता गर्दै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी