सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

सोमबार, ०४ बैशाख २०८०खेलपाटी संवाददाता
पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव
Loading ad...
mustang rice ad

पोखरा । पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुले सुझाव दिएका हुन्।

वैशाख २३ गते पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्टस् अवार्डको पूर्व सन्ध्यामा भएको छलफल कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले पोखरा स्पोर्टस् अवार्ड मोफसलको उत्कृष्ट अवार्ड भएको बताए । यसले खेलसंस्कृतिको विकास गर्नका लागि समेत सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीको तर्फबाट सहयोगलाई निरन्तरता दिने बताए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चले अवार्ड कार्यक्रममा हरेका तप्काका खेलाडीहरुलाई समेट्नु राम्रो पक्ष भएको भन्दै यस्ता कार्यक्रमले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । कार्यक्रमलाई सफल बनाउन सबैले अपनत्व लिनेगरि तयारी गर्न सुझाव दिए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डी.बी. नेपालीले स्पोर्टस् अवार्ड पोखराको एउटा उत्कृष्ठ ‘इभेन्ट’ रहेको बताए । उनले कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुको पनि उत्तिकै भूमिका रहने बताए । अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । उनले यही क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि हौषला थप्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा सातौं पोखरा स्पोर्टस् अवार्ड–२०७९ का मूल आयोजक समितिका संयोजक दीननाथ बरालले वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने जानकारी दिए ।

आफुहरुले अवार्डलाई सभ्य र भब्य बनाउन विभन्नि क्षेत्रका  संघ संस्थाहरुसँगको छलफललाई तिव्र बनाइएको बताए । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उनको आग्रह थियो ।

सो कार्यक्रममा पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।

Loading ad...
LiNing Ad
पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी