बराबरीमा रोकियो सातदोबाटो
आइतबार, ०३ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सातदोबाटोले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
सातदोबाटो ९ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पुलिस ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो सातदोबाटो







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)