सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट

आइतबार, ०३ बैशाख २०८०खेलपाटी संवाददाता
नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल बुद्धिचाल महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ ।

महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।

६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा च्याम्पियनसिप संचालन गरिने आयोजकले जनाएको छ ।

राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा १०-१० जना खेलाडीको सहभागीता रहने छ ।

नेसनल 'बी' च्याम्पियनसिपबाट छनौट भएका ८ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागीता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन् ।

२१ औँ नेशनल च्याम्पियनसिपका विजेता क्यान्डिडेटमास्टर पुरुषोत्तम चौलागाई हुन भने छैटौं वुमन्स नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी हुन ।

२२ औं नेसनल चेस च्याम्पियनसिपको उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोतम चौलागाई सहित नेसनल 'बी' बाट छनौट भएका फिडेमास्टर रुपेश जैसवाल, फिडेमास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, पूर्व विजेता सूरविर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौका पुरुषोत्तम सिलवाल र दोलखाका राजिव कार्कीले प्रतिष्पर्धा गर्ने छन् । वैकल्पिक खेलाडीको रुपमा ललितपुरका राजन पुरी एवं सजिन महर्जन रहेका छन् ।

त्यसैगरी महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी सहित नेसनल 'बी' बाट छनौट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाई, मोरङका खुश्बु थापा एवं शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौंका विनिता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङले सहभागीता जनाउनेछ । वैकल्पिक खेलाडीको रुपमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशिला गुरुङ रहेका छन् ।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने छन् ।

त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् । प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल 'बी' मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।  

Loading ad...
LiNing Ad
नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी