सुर्य नेपाल एनपीजीए टुर भोलिबाट
आइतबार, ०३ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा ३२ प्रोफेसनलसहित एमेच्योर गल्फरको सहभागिता रहने छ ।
प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ र रबि खड्का लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
विजेताले १ लाख ४० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।
सुर्य नेपाल एनपीजीए टुर भोलिबाट






-1761584666208.jpeg&w=3840&q=75)


-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)





-1765118145135.jpg&w=3840&q=75)