काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
चौथो खेलमा दोस्रो जित हात पार्ने क्रममा घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोरले दिल्लीलाई २३ रनले हराएको हो ।
बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनायो ।
दिल्लीका लागि मनिश पान्डेले ३८ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
ओपनर पृथ्वी शा पहिलो ओभरमा नै शुन्य रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मिचेल मार्श पनि शुन्य रनमा नै आउट भए ।
यश धुलले १ रन बनाउँदा अभिशेक पोरेलले ५ रन बनाए । कप्तान डेबिड वार्नरले १३ बलमा १९ रन बनाए ।
एनरिक नोर्कियाले १४ बलमा अविजित २३ रन बनाए । अक्षर पटेलले १४ बलमा २१ रन बनाउँदा अमन खानले १० बलमा १८ रन बनाए ।
बेंग्लोरका लागि विजयकुमार वैशखले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हर्षल पटेल,वानिन्दु हसरंगा र वाइनी पार्नीलले समान १/१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।
बेंग्लोरका लागि ओपनर विराट कोहलीले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।
महिपाल लुमरोले १८ बलमा २६ तथा ग्लेन म्याक्सवेलले १४ बलमा २४ रन बनाए ।
कप्तान फाफ डु प्लेसिसले १६ बलमा २२ रन बनाउँदा शाहबाज अहमदले १२ बलमा अविजित २० रन बनाए । अनुज रावतले २२ बलमा अविजित १५ रन बनाए ।
दिल्लीका लागि मिचेल मार्श र कुलदिप यादवले समान २/२ तथा अक्षर पटेल र ललित यादवले समान १/१ विकेट लिए ।
चौथो खेलमा दोस्रो जित हात पारेको बेंग्लोर १० टोली सहभागी लिगको सातौं स्थानमा रहेको छ ।
दिल्ली पाँचौ खेलमा अंकबिहिन रुपमा पुछारमा रहेको छ ।