नव जन जागृतिलाई ओसन कपको उपाधि
शुक्रबार, ०१ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । नव जन जागृति युवा क्लबले आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा भएको फाइनलमा लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ५-४ गोल अन्तरले हराउँदै नव जन जागृतिले उपाधि जितेको हो ।
विजेता टोलीका लागि जेम्स चौधरी र सागर दासले २-२ गोल गरे । सैफुल्ला मियाँले एक गोल गरे । उपविजेता टोलीका लागि उकेश्वर महतोले ३ तथा मनिक योगीले एक गोल गरे ।

उपाधिसँगै नव जन जागृतिले नगद २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको लक्ष्मी सामुदायिकले १० हजार प्राप्त गर्यो।
लक्ष्मीका निखिल बस्नेत उत्कृष्ट खेलाडी चुनिए ।
द ओसन क्लब गोरखाको आयोजनामा भएको प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता रहेको थियो ।

नव जन जागृतिलाई ओसन कपको उपाधि





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)



-1774280237611.jpeg&w=3840&q=75)




