बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुम्बईको पहिलो जित,दिल्लीको लगातार चौथो हार

मंगलबार, २८ चैत्र २०७९खेलपाटी संवाददाता
मुम्बईको पहिलो जित,दिल्लीको लगातार चौथो हार
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । 

अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । 

तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रनको ईनिङ खेले । कप्तान रोहित र तिलकले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे । 

इसान किसनले २६ बलमा ३१ रन बनाए ।

दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो । 

दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले। 

अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । छैटौं विकेटका लागि कप्तान वार्नर र पटेलले ६७ रनको साझेदारी गरे ।

मनिष पान्डेले १८ बलमा २६ तथा पृथ्वी शाले १५ रन बनाए । १९ औं ओभरमा दिल्लीले अक्षर र कप्तान वार्नर सहित ४ विकेट गुमाएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो । 

पछिल्लो १० बलमा दिल्लीले ५ विकेट गुमाएको थियो ।

मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए । रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए । 

पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।   

तेस्रो खेल पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ १० टोली सहभागी लिगको आठौं स्थानमा रहेको छ । 

चार खेलमा अंकबिहिन दिल्ली पुछारमा रहेको छ । 

Loading ad...
LiNing Ad
मुम्बईको पहिलो जितदिल्लीको लगातार चौथो हार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य