सुदूरपश्चिम र प्रहरीको जित
२०२३ अप्रिल ७, शुक्रबारखेलपाटी संवाददाता
विराटनगर । सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरीले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३–१ गोलले पराजित गर्यो । विजेताका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका विशु घिमिरेले १ गोल फर्काए ।
प्रहरीले कर्णालीलाई ७–० गोलले हरायो । रोहित लामाले २ तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल राणाले १–१ गोल गरे ।
सुदूरपश्चिम र प्रहरीको जित