काठमाडौं । चार सिजनको आईपीएल च्याम्पियन रहेको चेन्नाई सुपर किंग्सविरुद्ध गत बर्ष पहिलो सहभागीतामा नै च्याम्पियन बनेको गुजरात टाईटन्स हाबी रहेको छ ।
यस वर्ष को १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट आजबाट सुरु हुदैछ ।
प्रतियोगिताको उद्घाटन विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा हुदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ ।
खेल नेपाली समयअनुसार साँझ पौने ८ मा सुरु हुनेछ । आईपीएलको दुई भेटमा गुजरातले दुवै खेलमा चेन्नाईलाई पराजित गरेको छ । गुजरातले एक खेलमा ७ तथा अर्को खेलमा ३ विकेटको जित हात पारेको थियो ।
ईतिहास गुजरातको पक्षमा रहेको तथा आजको खेल गुजरातकै घरेलु मैदानमा हुने हुँदा खेलमा गुजरात बलियो रहेको छ । चेन्नाईलाई पनि सहज रुपमा त पक्कै मान्न सकिन्न किनकी अनुभवी कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले यस्ता धेरै असहज परिस्थितिलाई सहज बनाएको छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १)मुम्बई इन्डियन्स,२)कोलकत्ता नाईटराईडर्स,३)राजस्थान रोयल्स,४)दिल्ली क्यापिटल्स र ५)लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा १)चेन्नाई सुपर किंग्स, २)सनराईजर्स हैदरावाद,३)गुजरात टाईटन्स,४)रोयल च्यालेन्जर्स बेंग्लोर र ५)पन्जाब किंग्स रहेका छन् ।
आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ ।
यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।