हेजलवुडले आईपीएलको सुरुआती खेल गुमाउने
बिहिबार, चैत १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरमा आबद्ध अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवुडले १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)को सुरुआतका केही खेल गुमाउने भएका छन् ।
क्रिकेट अष्ट्रेलियाका अनुसार हेजलवुड सिड्नीमा आराम गरि मेडिकल टोलीको निगरानीमा रहेका छन् । घाईते भएका कारण उनले आईपीएलको सुरुआती केही खेल गुमाउने छन् ।
केही समयमा आईपीएलमा उनको सहभागीता रहन सक्छ । तर, क्रिकेट अष्ट्रेलियाले सँगै बताएको छ यदी मेडिकल टिमले अनुमती दिएमा मात्र उनको आईपीएल सहभागीता सुनिश्चित हुनेछ ।
यस संस्करणको आईपीएल शुक्रबारदेखि अहमदाबादमा सुरु हुदैछ । बेङ्गलोरले भने आईतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ ।
#













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)