• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएनजीको लगातार दोस्रो हार 
खेलपाटी संवाददाता
बुधबार, चैत १५, २०७९ खेलपाटी संवाददाता
पीएनजीको लगातार दोस्रो हार 

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा पपुवा न्यु गिनी(पीएनजी)ले लगातार दोस्रो हार व्यहोर्दा घरेलु टोलीले पहिलो जित हात पारेको छ ।

नामिबियाको विन्डोकमा रहेको युनाईटेड मैदानमा भएको खेलमा घरेलु टोलीले पीएनजीलाई ४८ रनले पराजित गरेको हो ।  

नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजीले ४६ ओभर २ बलमा अलआउट भएर ३ सय ३३ रन मात्र बनायो ।  

पीएनजीका लागि चाल्र्स अमिनीले ७४ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । उनले ८ चौका तथा ८ छक्का प्रहार गरे । 

सेसे बाउ र कप्तान असद भालाले अर्धशतकीय ईनिङ खेले । बाउले ४४ बलमा ५४ तथा भालाले ६१ बलमा ५७ रन बनाए । 

नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनायो । 

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले १ सय १३ बलमा १ सय २५ रनको शतकीय ईनिङ खेले । उनले ११ चौका र ५ छक्का प्रहार गरे । 

निकोलास डेविन र जान निकोलले अर्धशतकीय ईनिङ खेले । डेविनले ७९ बलमा ९० रन बनाए । निकोलले ५९ बलमा ६१ रन बनाए । पिंकि जान फ्रान्सले १४ र जान ग्रिन ३२ रन बनाए ।

पीएनजीका लागि सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए । कमियले १० ओभरमा ६८ दिएर रन ५ विकेट लिएका थिए ।

पहिलो जित निकालेको नामिबिया २ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको पीएनजी भने अंकबिहिन रहँदै पुछारमा रहेको छ । 

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।

त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ । 

प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् । 

प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।

युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP