साउथीलाई पछि पार्दै शाकिब शीर्षमा उक्लिए
बुधबार, चैत १५, २०७९खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशका कप्तान तथा अलराउन्डर शाकिब अल हसन टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।
शाकिबले न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।
साउथीले १ सय ६ खेलमा १ सय ३४ विकेट लिएका छन् । शाकिबले आयरल्यान्डविरुद्धको खेलमा ५ विकेट लिए पछि शीर्ष स्थानमा उक्लिएका हुन् । उनले १ सय ३६ विकेट पूरा गरेका छन् ।
उनले यो सफलता १ सय १४ खेलमा पाएका हुन् ।
अफगानस्तानका रसिद खान ८० खेलमा १ सय २९ विकेटका साथ तेस्रो स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा उक्लिएका शाकिबले २००६ मा टिम बंगलादेश सिनियर टिमका लागि डेब्यु गरेका थिए ।
साउथीलाई पछि पादैं शाकिब शीर्षमा उक्लिए













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)