विदेशी खेलाडी चम्कदा जावलाखेलसंग एपीएफ स्तब्ध
बिहिबार, मंसिर २७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा जावलाखेलले एपीएफलाई १ - ० गोल अन्तरले हराएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेलले घरेलु टोलीलाई झिनो अन्तरले हराएको हो । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई ३ अंक दिलाए ।

खेलमा जावलाखेलका राकेश हमाल म्यान अफ दि म्याच चुनिए ।
जावलाखेलको जारी लिगमा यो दोस्रो जित हो । जितसंगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ । र, जावलाखेल लिगको दशौ स्थानमा उक्लिएको छ ।
उपाधि दाबेदार मानिएको एपीएफको भने यो चौथो हार हो । एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


