एपीएफलाई ५९ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लबले जितका लागि ५९ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा जारी रहेको खेलमा मधेश प्रदेशले टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ ओभर ४ बलमा अलआउट हुदै ५८ रन बनायो ।
मधेशका साना प्रविनले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिईन् ।
गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ । ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्दैछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

