सम्झनाको अर्धशतकमा ललितपुरलाई १३८ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर मेयर्स-११ ले जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा जारी रहेको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले टस जितेर पहिले ब्याटिङ गरेकोमा २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनाए ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ चौका प्रहार गरिन् । कविता जोशीले अविजित २७ रन बनाउँदा रुवि पोदारले २८ रन बनाईन् ।
ललितपुरका कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिईन् ।
गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ । ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

