काठमाडौं । साबिक विजेता लाहोर कलन्दर्सले आठौं संस्करणको पाकिस्तान सुपर लिग(पीएसएल) को उपाधी जितेको छ ।
लाहोरले उपाधी जित्ने क्रममा साबिक उपविजेता मुल्तान सुल्तानलाई नै पराजित गरेको हो ।
गद्दाफी स्टेडियममा शनिबार राती भएको फाइनल खेलमा लाहोरले १ रनको रोमान्चक जित हात पारेको थियो ।
लाहोरको जितमा कप्तान शाहिन शाह अफ्रिदीको सानदार अलराउन्ड प्रदर्शनमा रहेको थियो ।
लाहोरले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको मुल्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनायो ।
मुल्तानलाई जितको लागि राइली रुसोउले ३२ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कप्तान मोहम्मद रिजवान ३४ रनमा आउट हुँदा खुशदील शाह २५ रनमा आउट भए ।
टिम डेविड २० तथा काइरन पोलार्ड १९ मा आउट भए । ओपनर उस्मान खानले १८ रन बनाउँदा अब्बास अफ्रिदी १७ रनमा अविजित रहे ।
लाहोरका लागि कप्तान शाहिन शाह अफ्रिदीले ४ तथा राशिद खानले २ विकेट लिए । डेविड विजाको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो।
लाहोरका लागि अब्दुलाल्ह शफिकले ४० बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको अर्धशतकीय ईनिङ खेले ।
कप्तान शाहिन अफ्रिदीले १५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनमा अविजित रहे ।
ओपनर फखार जमान ३९ र मिर्जा बैग ३० रनमा आउट भए ।
मुल्तानका लागि उस्मा मिरले ३ तथा ईर्सानउल्लाह,अनवर अलि र खुल्सदिन शाहले समान १/१ विकेट लिए ।