विश्वकप छनोटमा पुग्ने खेलाडीलाई बागमती प्रदेशले नगद सहित सम्मान गर्ने
शुक्रबार, ०३ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ ।
बागमती प्रदेश सरकारले राष्ट्रिय टिमका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् ।
उक्त पुरस्कार रकम प्रदेश खेलकुद बिकास परिषद् मार्फत छिट्टै प्रदान गरिने बागमती प्रदेश खेलकुद विकास समितीका सदस्य सचिव सुर्य भण्डारीले बताए ।
नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरस्थित टियु मैदानमा युएईलाई ९ रनले पराजित गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।
विश्वकप छनोटमा पुग्ने खेलाडीलाई बागमती प्रदेशले नगद सहित सम्मान गर्ने











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
