युएईविरुद्ध गुलशनको अर्धशतक पूरा
बिहिबार, ०२ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको नेपालका गुलशन झाले अर्धशतक बनाएका छन् ।
गुलशनले ४७ बलमा ५० रन पूरा गरेका हुन् । उनले २ छक्का र ४ चौका प्रहार गरे ।
यस अघि नेपालका कुशल भुर्तेल, भिम सार्की र आरिफ शेखले अर्धशतक बनाएका थिए ।
नेपालले ६ विकेट गुमाएर २६७ रन जोडेको छ ।
युएईविरुद्ध गुलशनको अर्धशतक पूरा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
