काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख सुन्य रनमा आउट भए ।
नेपालले १ विकेट गुमाएर १ रन जोडेको छ ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।