दीपेन्द्रले दिलाए नेपाललाई पाँचौं सफलता
बिहिबार, ०२ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।
ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ ।
दीपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन । उनले युएईका रोहन मुस्तफालाई २० रनमा आउट गरे ।
दीपेन्द्रले जारी खेलमा दोस्रो विकेट लिएका हुन् ।
युएईले ५ विकेट गुमाएर १७५ रन जोडेको छ ।
दीपेन्द्रले दिलाए नेपाललाई पाँचौं सफलता











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
