नेपालको एकदिवसीय वरीयता सुधार
बुधबार, ०१ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७ औं स्थानमा रहेको थियो ।
नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो ।
नेपाल भन्दा पछाडी नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।
एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ ।
भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
नेपालको एकदिवसीय वरीयता सुधार








-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



