बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. गण्डकीलाई आधार बनाएको मनाङ

गण्डकीलाई आधार बनाएको मनाङ

२०२३ मार्च ११, शनिबारखेलपाटी संवाददाता

गण्डकीलाई आधार बनाएको मनाङ

काठमाडौं । मनाङले यस सिजनको प्रारम्भिक टिम घोषणा गर्दा धेरैलाई चित्तै बुझेको थिएन । सबैभन्दा मनाङका समर्थक रिसाएका थिए । मनाङ भन्ने बित्तिकै सबैमा आउने चित्र भनेकै स्टार खेलाडीले भरिभराउ टिमको हो । तर यस सिजनको टिममा मनाङसँग खासै ठुला नाम गरेका खेलाडी छैनन् । अझ स्टार ट्याग पाएका खेलाडी त परको कुरा भो । त्यहीमाथि अन्जन विष्ट र पुजन उपरकोटीले क्लब छाडेपछि धेरैलाई लागेको थियो, मनाङ अब पुरानो क्लब जस्तो रहेन । 

घरेलु फुटबलको संरचनालाई लिएर धेरै बहश हुन्छ । तर फुटबल विकासको आधार मानिने लिगलाई लिएर कुनै गम्भिर योजना र सोच नेतृत्वमा कहिल्यै देखिएको छैन । नेपालको लिग सिजन कहिले सुरु गर्ने, कति समय चलाउने, कुन संरचना र ढाचामा गर्ने, कसैलाई थाहा हुदैन । यसै सिजन डबल लिग गराईएको छ । तीन महिनाको लिग छ, त्यो पनि डबल । यो सिंगलै गरे के हुन्थ्यो, अथवा डबल गरेर के फाईदा हुन्छ ? लिग चलाउनेलाईनै थाहा छैन । 

गत वर्ष मनाङले एउटा पहलकदमी लिएको थियो, पोखरा रंगशालालाई घरेलु मैदान बनाउने भनेर । एन्फाले समेत लिगलाई काठमाडौं बाहिर लैजाने भन्दै मनाङका तीन खेल पोखरा रंगशालामा गरायो । काठमाडौं उपत्यका बाहिर लिग भएको यो ऐतिहासिक घटना थियो । आफ्नो परिचय गण्डकी प्रदेशसँग जोडिएकाले मनाङले पछिल्लो समय आफ्नो गतिविधिलाई गण्डकी केन्द्रित गरेको छ । र सोही अनुसार गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान घोषणा गरेको छ । गत वर्षको सफल आयोजना पश्चात मनाङले यस वर्ष होम एण्ड अवेका आधारमा लिग हुने अपेक्षा सहित गण्डकीलाई आधार बनाएर टिम निर्माण गरेको हो ।  

गण्डकी प्रदेशबाट सिनियर र उमेर समूहका राष्ट्रिय टिममा स्थान बनाएका अधिकांश राम्रा खेलाडीलाई मनाङले समेट्ने प्रयत्न गर्यो । टिमको जिम्मेवारी गण्डकी प्रदेशकै प्रशिक्षक किरण श्रेष्ठमा सुम्पियो । राष्ट्रिय टिममा करिब चार वर्ष निरन्तर काम गरेर बाहिर आएका किरणको नेतृत्वमा मनाङले यस वर्षको लिगको टिम तयार गरेको हो । उनै किरणले गण्डकी प्रदेशबाट उमेर र सिनियर स्तरको राष्ट्रिय टिममा खेलेका युवा र सम्भावना बोकेका खेलाडीलाई समेटेर मनाङको नयाँ टिम तयार गरेका हुन् । सोही अनुसार टिमका कप्तानीको जिम्मेवारी मानबहादुर तामाङले पाएका थिए । पछि उनी अष्ट्रेलिया लागे । त्यसपछि क्लबले टिमको कप्तानी गण्डकी प्रदेशमै हुर्किएका दिप काकीलाई दिईएको छ । 

एन्फामा नेतृत्व परिवर्तनसँगै घरेलु लिगलाई लिएर बहश प्रतिकुलतातर्फ अघि बढ्यो । हुनुपर्ने बहश, लिगको संरचनालाई लिएर थियो, तर छलफल लिग हुने कि नहुनेमा केन्द्रिय बन्यो । लिग त हुने भो, तर मनाङले परिकल्पना गरेको होम एण्ड अवेमा यस वर्षसमेत लिग नहुने देखियो । यसले मनाङको योजनामा ठुलो धक्का दिने काम गर्यो । तर मनाङ आफ्नो लक्ष्यमा प्रस्ट देखिन्छ, गण्डकीलाई आधार बनाउँदै टिमको निर्माण गर्ने र देशको फुटबलमा सर्वाधिक सफल क्लबको ताजलाई यथावत राख्ने । 

‘यो वर्ष होम एण्ड अवे लिग हुने आशा सहित गण्डकीका राम्रा खेलाडीलाई समावेश गरेर टिम बनाएका थियौं । तर लिग काठमाडौं बाहिर जान नसक्ने भो ।’ क्लबका अध्यक्ष विजय घले भन्छन्, ‘फुटबल बनाउने हो भने होम एण्ड अवेको अवधारणामा नगई सुखै छैन । मनाङ तत्कालको नतिजा भन्दा परको फुटबललाई सोचेर काम गरिरहेको छ ।’
मनाङको अहिलेको टिममा अधिकांश खेलाडी गण्डकी प्रदेशका छन् । ती सबैले उमेर र सिनियर स्तरको फुटबलमा राम्रो प्रर्दशन गरेका खेलाडी हुन् । कप्तान दिप कार्की आफै राष्ट्रिय टिमका खेलाडी हुन् । दिप सहित आशिष गुरुङ, भिषण गुरुङ, विजय श्रेष्ठ, जीवन गुरुङ, कमल थापा, निरञ्जन मल्ल, रमेश थापा, सुमित श्रेष्ठ, रन्दिप पौडल, सरोज योञ्जन, प्रसन्न श्रेष्ठ लगायतका खेलाडीको स्थायी थलो गण्डकी प्रदेशनै हो । 

अध्यक्ष घलेका अनुसार गण्डकीलाई आधार बनाउने मनाङले शीर्ष डिभिजनको फुटबलमा आफुलाई उभ्याउन चाहेको हो । ‘हामी मनाङलाई गण्डकीको टिमको रुपमा विकास गर्न चाहन्छौं । हाम्रो भुगोल, परिचय, इतिहास र संस्कृति समेत यही प्रदेशसँग जोडिन्छ ।’ अध्यक्ष घले भन्छन्, ‘गण्डकी प्रदेशको टिम भनेपछि यहाँकै खेलाडीलाई समेटौं भन्ने उद्धेश्य हो । यहाँको समाज र आम खेल प्रशंसकलाई क्लबसँग जोड्न पनि यहाँकै खेलाडीलाई अधिकतम रुपमा राख्न आवश्यक छ ।’

धेरैको आरोप छ, मनाङ पुरानो क्लब जस्तो रहेन । स्टार खेलाडी राख्न नसक्ने भो । उपाधिका लागि प्रतिस्पर्धानै गर्न छाड्यो । अब जित्ने भन्दापनि टिक्ने फुटबलतर्फ अग्रसर भयो भनेर । तर क्लबका अध्यक्ष यि आरोप र आशंका अस्विकार गर्छन् । ‘हामी फरक किसिमको फुटबल विकास गर्न गईरहेका छौं । यो हाम्रो पहिलो वर्ष हो । अहिले क्लबका अधिकांश खेलाडी युवा र प्रतिभाशाली छन् । हामी यिनै खेलाडीबाट क्लबको भविष्यको टिम बनाउने अभियानमा छौं । अहिलेको युवा टिममा अर्को सिजन राष्ट्रिय टिमका स्टार खेलाडी थप्ने छौं । मनाङको पुरानो विरासत हराउने छैन ।’ उनी भन्छन् । 
 

# मनाङ
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

Bhat Bhateni
विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?