बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

सृजना कप भलिबलमा ४५ टिम

सोमबार, फागुन १५, २०७९खेलपाटी संवाददाता
सृजना कप भलिबलमा ४५ टिम
Classic Tech Internet Ad

पोखरा । पोखरामा मंगलबारदेखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा संचालन हुन लागेको कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा विगतको तुलनामा टिम सहभागिता बढेपछि आयोजक समेत उत्साहित छ ।

२०७३ सालदेखि संचालित यो प्रतियोगिता कोरोना कारण बीचमा प्रभावित बनेको थियो । यसपालि पाँचौं संस्करणसम्म आइपुग्दा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले सहभागिता जनाएको सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

प्रतियोगिताको दिउँसो उद्घाटन हुने भए पनि बिहान ९ बजेदेखि नै खेल सुरु छन् । फाइनल फागुन १९ गते हुनेछ । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका हुन् ।

गत वर्ष पोखरा–१८, भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो । प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका कृष्णबहादुर थापाले जनाए ।

२०४३ सालमा डम्बरबहादुर केसी नेतृत्वको तत्कालीन सिजना युवा क्लबले रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेर खेलकुदको विकासमा पनि योगदान पु¥याएको थियो । सृजना विकास केन्द्रको नाउँमा रुपान्तरित संस्थाले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा पनि क्रियाशील रहेको संस्था अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

विगतदेखिको विरासत जोगाउँदै सृजनाले अहिले सामुदायिक विद्यालयस्तरमा छात्रछात्रा भलिबललाई निरन्तरता दिएको उनले बताए ।

पोखरा ८, सिमलचौरमा प्रधानकार्यालय रहेको सृजनाकै पहलमा जनप्रिय क्याम्पस, सिर्जना बहिरा विद्यालय, सृजना बालगृह, सृजना लघुबित्त (हाल जाल्पा लघुवित्त) खुलेका हुन् ।

Bajaj Pulsar Motorcycle Ad
सृजना कप भलिबलमा ४५ टिम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो जित

नेपालको पहिलो जित

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

Bajaj Pulsar Motorcycle Ad
गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो