• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कर्णालीमा स्कुल टु ओलम्पिक
खेलपाटी संवाददाता
सोमबार, फागुन १५, २०७९ खेलपाटी संवाददाता
कर्णालीमा स्कुल टु ओलम्पिक

काठमाडौं ।  विधार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सोमबार सम्पन्न भएको छ ।

कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो ।

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा सोमबार ओलम्पियन दीपक विष्ट, देवु थापा, कमलबहादुर अधिकारी तथा १३ औं दक्षिण एसियाली खेललकुद (साग) का स्वर्ण पदक विजेता दीपक हमालले आ आफ्नो खेल जीवनको आरोह अवरोहका बारेमा चर्चा गरेका थिए ।

संघले सुदूरश्चिम खेलकुद विकास परिषद्को सहयोगमा यसअघि पुसमा सुदूरपश्चिमको धनगढी र कन्चनपुरमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

सुर्खेतमा एसओएससहित विभिन्न ७ विद्यालयका विधार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल ओम्पियन संघका अध्यक्ष दीपक विष्टले अनुशासन, अठोट , समपर्णले मात्र खेलाडीलाई सफलता मिल्ने बताए ।

उनले भने, 'मेरो सक्रिय खेल जीवनमा पटक चोटग्रस्त भए । तर कहिल्यै हिम्मत हारिन । लगातार प्रयास गरिरहे जसले गर्दा सागमा लगातार ४ पटक स्वर्ण पदक, एसियाली खेलकुदमा दुई पटक कास्य पदक र ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएको थिए । सायद अनुशासित र समपर्ण नभएको भए मैले त्यो सफलता प्राप्त गर्ने थिएन ।'

जुडोमा सागकी रजत तथा कास्य पदक विजेता समेत रहेकी देवु थापा कर्णालीको विगट जिल्ला जुम्लामा जन्मे पनि नेपाल प्रहरीमा भर्ना भएपछि  खेलकुदमा लाग्ने अवसर मिलेको स्मरण गरिन् ।

'जुम्लामा जन्मिएर १४ वर्षको उमेरमा प्रहरी सेवामा प्रवेश गरेपछि जुडोमा आबद्ध हुने अवसर पाए । त्यसले मलाई जीवनमा सफलतातर्फ डोरायो, उनले भनिन्, ११ औं सागमा मबाट स्वर्ण पदकको आशा गरिएको थियो । तर दुर्भाग्य १० तलाबाट लिफ्ट झरेपछि घाइते भए । चोटग्रस्त अवस्थामै खेलेर पनि कास्य पदक जिते । त्यो मेरो लागि स्वर्ण पदक बराबर थियो । हामीले सक्यौं भने भविष्यमा तपाईहरुले पनि कोशिस गर्नुभयो भने ओलम्पिक खेल्ने सम्भावना रहन्छ,' थापाले भनिन् ।

No description available.

१० औं सागका भारोत्तोलनका स्वर्ण पदक विजता ओलम्पियन कमल अधिकारीले आर्थिक अवस्था कमजोर भएको अध्ययनलाई निरन्तरता दिन नसकेको स्मरण गर्दै भने, 'मैले पढ्न पाएन । घरको कमजोर आर्थिक अवस्थाले गर्दा धेरै पढ्न पाइन । नेपाल सेनामा आबद्ध भएपछि खेल जीवन अघि बढाए । यहि खेलले मलाई सबैमा परिचित गरायौं । खेलाडी हुनुमा मलाई गर्व छ ।'

विष्ट, थापा र अधिकारी तीनै जनाले एकै पटक सन् २००८ मा बेजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए ।

१३ औं सागका स्वर्ण पदक विजेता सुर्खेतका स्थायी निवासी दीपक हमालले स्कुल पढ्दा फिल्म हेरेर उसु खेलमा लाग्न प्रेरणा मिलेको स्मरण गरे ।

'उसु खेल्न सुरु गरेको केहि वर्ष मैले सफलता हात पार्न सकिन । केहि निराश पनि भए, नवौं राष्ट्रिय खेलकुदमा कर्णालीका लागि स्वर्ण पदक जितेका उनले भने, 'तर मलाई उसुमा अघि बढ्न अझै मेहनत गर्नुपर्छ भन्ने लाग्यो र कुनै दिन जित्छु भनेर दृढ भए । त्यसैले मलाई सफलता दिलायो । अझ धेरै गर्न बाँकी छ । कोशिस गरिरहन्छु ।'

जुम्लाको खलंगामा शुक्रबार चन्दननाथ नमुना माविमा भएको कार्यक्रममा ओलम्पियन तथा सागका पदक विजेता हरि रोकाया पनि सहभागी थिए । उनले पनि आफ्नो खेल जीवनको बारेमा विधार्थीहरुका बीचमा चर्चा गरेका थिए ।

उनले जुम्लाका विधार्थीहरुले एथलेटिक्सको अभ्यास गर्न चाहे आफूले सहयोग गर्ने वचन दिए । राखेपका प्रशिक्षक समेत रहेका रोकायाले कर्णाली स्पोर्टस क्लब सन्चालन गर्दै आएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको स्कुल टु ओलम्पिक कार्यक्रमलाई सातै प्रदेशमा प्रदेश खेलकुदको सहयोगमा सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए ।

सुर्खेतमा एसओएस चिल्ड्रेन भिलेजका डाइरेक्टर गोपाल घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेश सांसद विन्दमान विष्ट, कर्णाली खेलकुदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सन्ज्याललगायतले स्कुल टु ओलम्पिक कार्यक्रमले विधार्थीहरुमा खेल क्षेत्रमा आकर्षित हुन प्ररेणा मिल्ने विश्वास गरे । संघले जुम्ला र सुर्खेतमा सहभागी विद्यालयलाई खेल फुटबल, भलिबल, जर्सी सेट प्रदान गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP