काठमाडौं । लिबर्टी ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा लिबर्टीले सम्भावीलाई ६–२ गोलले पराजित गर्यो । लिबर्टीका युनिश श्रेष्ठले ३, छिरिङ शेर्पाले २ र रोहित ढकालले १ गोल गरे । सम्भावीका आयुश बुढाथोकी र सञ्जय शाहले १–१ गोल गरे ।
सानोगौचरणमा भइरहेको प्रतियोगितामा सिद्धार्थ बनस्थली र नेपाल सेन्ट्रल पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगेका छन् ।
सिद्धार्थ बनस्थलीले नेपाल सेन्ट्रललाई ३–२ गोलले हरायो । विजेताका अनिकेट तामाङले २ तथा भाष्करले १ गोल गरे । नेपाल सेन्ट्रलका युवराज तामाङ र सुयोग अधिकारीले १–१ गोल फर्काए । नेपाल ताराले एजीएममाथि ८–० को सहज जित दर्ता गर्यो । विजयी टिमका लागि भुवन श्रेष्ठले ५ तथा आयुश लामाले ३ गोल गरे ।