भैरहवामा डिसिएलाई उपाधि
बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता

धनगढी । धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले बिहीबार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीईसी) लाई २ विकेटले हराउँदै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे ।
बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो ।
डिसिएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे । सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच डिसिएका निरज ऐर घोषित भए ।
डिसिएले उपाधिसहित ३० हजार नगद हात पारेको छ ।
भैरहवामा डिसिएलाई उपाधि







-1766479491057.jpeg&w=3840&q=75)




-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)

