घरेलु सिरिज क्लिन स्विप गर्ने खेलाडीले जनही २ लाख पाउने

काठमाडौं। आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको घरेलु मैदानमा आयोजना भएको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीका खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार स्कटल्याण्ड र नामिबिया रहेको घरेलु सिरिज खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
लिग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नामिबिया रहेको सिरिजमा नेपालले ४ खेलमा ४ वटै जितेर क्लिन स्विप गरेको थियो ।
प्रधानमन्त्रीले बिहीबार दिउँसो खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाइ दिनुका साथै पुरस्कार दिने घोषणा गरेका हुन् ।
'सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्वीप गर्नु भएको छ। यो देशकै गौरव हो,' प्रधानमन्त्रीले भने, 'तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।'

'पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन,' प्रधानमन्त्रीले थपे, 'अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ। सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु ।'







-1766479491057.jpeg&w=3840&q=75)



-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)


