काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर एडम माकरमले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन् ।
१६ औं संस्करणको आईपीएलमा हैदराबादको कप्तानी माकरमले गर्ने हैदराबादले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।
दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको एसए टी-ट्वान्टी क्रिकेट लिगमा माकरम नै कप्तान भएको सनराइजर्स इस्टर्न केपले उपाधी जितेको थियो ।
यता हैदराबादले अक्सन अघि पूर्व कप्तान केन विलियम्सनलाई टोलीबाट फुकुवा गरेको थियो ।
हैदराबादले २०१६ डेविड वार्नरको कप्तानीमा बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो ।
१६ औ संस्करणको आईपीएल ३१ मार्चदेखि सुरु हुनेछ । हैदराबादले राजस्थान रोयल्ससँग २ अप्रिलमा आफ्ना पहिलो खेल खेल्दैछ । खेल हैदराबादमा हुनेछ ।