काठमाडौं । आगामी महिना घरेलु टोली भारतविरुद्धको एकदिवसीय खेलका लागि अष्ट्रेलियाको टोली घोषणा भएको छ ।
प्याट कमिंसको कप्तानीमा घोषणा भएको टोलीमा अलराउन्डरद्वय मिचल मार्श र ग्लेन म्याक्सवेलले पुनरागमन गरेका छन् । घोषित टोली १६ सदस्सीय रहेको छ ।
भारतमा अष्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
क्रिकेट अष्ट्रेलियाका प्रवक्ताले गम्भीर पारिवारिक रोगका कारण कमिन्स यसै साता स्वदेश फर्केका थिए । तर, उनी अर्को साता हुने तेस्रो टेस्टअघि पुनरागमन गर्ने छन् ।
मार्श घुँडा र म्याक्सवेल खुट्टाको समस्याका कारण लामो समय देखि टोलीबाट बाहिर रहेका थिए ।
लामो समय पछि तीव्र गतिका बलर झाय रिचर्डसनले पनि यसै सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नेछन् ।
घरेलु टोलीविरुद्धको पहिलो एकदिवसीय खेल मार्च १७ मा रहेको छ ।
अष्ट्रेलियाको एकदिवसीय टोलीः
प्याट कमिन्स (कप्तान), सिन एबोटा, एस्टन अगर, एलेक्स केरी, क्यामरुन ग्रीन, ट्रेभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्छेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, झाय रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा