काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयता एक स्थान तल खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप लामिछानेले ३१ औं स्थानमा रहेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले शीर्ष १ सय भित्र स्थान बनाएका छन् । सोमपाल र दीपेन्द्र यस अघि १ सय भन्दा तल रहेका थिए । सोमपाल ९२ औं र ऐरी ९४ औं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ कप्तान रोहित पौडेल एक स्थान तल खस्किएर ६७ औं स्थानमा रहेका छन् । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय भित्र स्थान बनाएका छन् ।
ज्ञानेन्द्र ८६ औं तथा आसिफ ९४ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।
एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।