सन्दीपको वरीयता यथावत
बुधबार, १० फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी बलिङ वरीयतामा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका छन्।
बलिङ नै अभिनास बोहोराको वरीयता एक स्थान तल झरेको छ । नयाँ वरीयतामा बोहोरा १ सयौं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल एक स्थान तल झरेका छन् । नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा रहेका छन्।
अर्का ब्याटर दीपेन्द्र सिंह ऐरी २ तल झरेर ५९ औं स्थानमा पुगेका छन् ।
अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।
सन्दीपको वरीयता यथावत







-1766479491057.jpeg&w=3840&q=75)



-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)


