काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार युएई जाने यू-१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली बुधबार नै त्यसतर्फ जाने छन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
खेल तालिका अनुसार नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध रहेको छ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०:४५ मा हुनेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली टिम :
देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द
खेल तालिका -
