काठमाडौं । भारतले दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाईनलमा साबिकको बिजेता अष्ट्रेलियासँग खेल्ने भएको छ ।
मंगलबार राती भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई १ सय १४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै साबिक उपबिजेता भारतले गत संस्करणको फाइनलमा पराजय सामना गरेको टोलीलाई नै यस संस्करणको सेमिफाईनलमा प्रतिद्वन्दी पाएको हो ।
अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधी जितेको थियो ।
पाकिस्तानलाई पराजित गरेको इंग्ल्याण्ड समूह 'बी' को बिजेता को रुपमा समूह 'ए' को उपबिजेता बनेको आयोजक दक्षिण अफ्रिकासँग खेल्नेछ ।
सेमिफाइनलका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् । दुवै सेमिफाइनलका विजेताले आईतबार फाइनल खेल्ने छन् ।