काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आकाश चन्दलाई टिममा राखिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गुलशन झाको स्थानमा आकाशलाई टिममा राखिएको जनाएको छ ।
गुलशन विश्व क्रिकेट लिग टू अन्तर्गत युएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि आकाशलाई टिममा राखिएको हो ।
क्यानले गुलशनको स्थानमा देव खनाललाई कप्तान नियुक्त गरेको छ ।
यस अघि क्यानले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी गुलशनलाई दिएको थियो ।
यू-१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।
नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालको पहिलो खेल फागुन १२ मा सिंगापुरविरुद्ध रहेको छ ।