काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा देव खनालले नेपालको कप्तानी गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।
यस अघि क्यानले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी गुलशन झालाई दिएको थियो ।
तर, गुलशन विश्व क्रिकेट लिग टू अन्तर्गत युएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तानी दिईएको हो ।
गुलशन झाको स्थानमा आकाश चन्दले स्थान बनाएका छन् ।
यू-१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।
नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालको पहिलो खेल फागुन १२ मा सिंगापुरविरुद्ध रहेको छ ।
नेपाली टिम :
देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द
