डर्टमण्डले गर्यो बायर्नसँग अंक बराबरी
सोमबार, फागुन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको २७ औं मिनेटमा करिम एडीएमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा डनएल मालनले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।
खेलको ४६ औं मिनेटमा लुकास टुसार्टले गोल गर्दै हेर्थालाई २-१ को स्थितिमा ल्याए ।
मार्को रिउसले ७६ औं मिनेटमा गोल गर्दै डर्टमण्डको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दै डर्टमण्डको जित ४-१ ले पक्का गरे ।
जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्नसँग अंक बराबरी गरेको छ ।
डर्टमण्डले २१ खेलमा ४३ अंक जोडेको छ ।
शीर्ष स्थानको बायर्नको पनि ४३ अंक रहेको छ ।
हेर्था १७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
डर्टमण्डले गर्यो बायर्नसँग अंक बराबरी









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



