टोटेनहम शीर्ष चारमा
सोमबार, ०८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामलाई २-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा इमर्सन र सन ह्युङ मिनले एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा इमर्सनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा सनले गोल गर्दै टोलीको जित पक्का गरे ।
जितसँगै टोटेनहम लिगको चौंथो स्थानमा उक्लिएको छ ।
टोटेनहमले २४ खेलमा ४२ अंक जोडेको छ ।
वेस्ट ह्याम २० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
टोटेनहम शीर्ष चारमा













-1770799852128.png&w=3840&q=75)
