बार्सिलोनालाई आठ अंकको अग्रता
सोमबार, ०८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई २-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाले २२ खेलमा ५९ अंक जोडेको छ ।
काडिज २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
बार्सिलोनालाई आठ अंकको अग्रता













-1770799852128.png&w=3840&q=75)
